२ भाद्र २०८२, सोमबार | Tue Aug 19 2025


भेंडेटारमा खानेपानीको सहज आपूर्तिका लागि काम सुरु


0
Shares

धनकुटा, मंसिर १२ । भूकम्पपछि खानेपानीको चरम अभाव ब्यहोरिरहेको पूर्वको पर्यटकीय स्थल धनकुटा, भेडेटारका स्थानीयको समस्या समाधान हुने भएको छ ।

भेडेटार गाउँ विकास समितिको ३ र ४ नम्बर वडाका ३ सय ५० घरधुरीका बासिन्दालाई तीन बर्षभित्र खानेपानी सुविधा उपलब्ध गराउने गरी धनकुटास्थित पूर्वाञ्चल क्षेत्रीय खानेपानी कार्यालयले काम थालेको हो ।

५ करोड ८८ लाख रुपैयाँ लागतमा लिफ्ट खानेपानी आयोजनाको काम अघि बढाइएको हो । स्थानीय सिरिसे, सैरे, बजेनी र साउनेमा मुहान व्यवस्थापन गरि वडा नम्वर ३ र ४ को भेडेटार, काम्फेक, साँगुरी, कार्कीछाप र जामुनेका बासिन्दालाई पानी वितरण गर्ने तयारी कार्यालयको छ ।

यसका लागि पम्पिङ्ग स्टेशन र स्थानीय रमितेडाडाँमा २ लाख लिटर क्षमताको २ वटा रफिङ फिल्टर र रिजर्भवायर ट्याङ्की बनाइएको छ ।

भेडेटारबासीले उपभोग गर्दै आएको सेउती र सेरा खोला मुहानको पानी भूकम्पले सुकेपछि होटल ब्यबसायी र स्थानीयले ट्याक्टरबाट पानी ओसारेर गुजारा गर्दै आएका छन् ।