
काठमाडौं, मंसिर १२ । राजधानीको पर्यटकीय स्थल ठमेलमा ढल फुटेर सडकभर पानी जमेपछि सवारी आवत जावत गर्न र पैदल यात्रुलाई हिडडुल गर्न समस्या भएको छ ।
तीन दिनदेखि ठमेलको काठमाडौं गेष्ट हाउस अगाडीको ढल भरिएर फुट्दा सडकभरी पानी जमेको हो । सडक भरी जमेको पानीका कारण पर्यटकहरु थप समस्यामा परेका छन् ।
फोहोर पानीका कारण ठमेलमा प्रदुषण समेत बढेको स्थानीयले बताए । काठमाडौं महानगरपालिमा ढल फुटेकोबारे जानकारी गराउँदा पनि समाधानका लागि कुनै प्रयास नगरेको स्थानीयको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्