२ भाद्र २०८२, सोमबार | Tue Aug 19 2025


हरिवंशको गीत सुन्दै प्रधानमन्त्री साझा बस चढरे सिंहदरबार जाँदा..(भिडियो हेर्नुहोस)


0
Shares

काठमाडौं, मंसिर १२ । साझा यातायातले आइतबारदेखि थप ३० वटा बस राजधानी काठमाडौंको सडकमा ल्याएको छ ।

सार्वजनिक यातायात क्षेत्रमा बेथिति चुलिएका बेला पछिल्ला वर्षमा साझाले फेरि सेवा थालेपछि आम उपभोक्ताले राहत पाएका छन् ।

त्यसमा अरु ३० वटा बस सडकमा गुड्न थालेपछि सास्ती कम हुने अनुमान गर्न सकिन्छ ।

थप सेवाको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन मात्र गरेनन् साझा यातायात चढेर केही मन्त्रीसहित सिंहदरबार नै गए ।

यस कदमको सबैले स्वागत समेत गरे । सँगसँगै उनीहरुले प्रधानमन्त्रीलाई यो कदम देखावटी मात्र नहोस भनेर सुझाएका पनि छन् ।

हाँस्य कलाकार हरिबंश आचार्यले ‘साझा बसमा जो पनि चढ्दछ’ बोलको गीत गाउँदा सबैले ताली पड्काएका थिए ।