२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


एसिया कप क्रिकेटः नेपाल र श्रीलंका भिड्ने


0
Shares

काठमाडौं, मंसिर १२ । थाइल्याण्डको बैंककमा जारी एसिया कप महिला ट्वेन्टी ट्वेन्टी क्रिकेटको दोस्रो खेलमा नेपालले सोमबार श्रीलंकासंग खेल्दैछ ।

खेल दिउँसो पौने १ बजे सुरु हुँदैछ । दुवै टिमले पहिलो खेलमा पराजय बेहोरेकाले पनि जितका लागि भरमग्दूर प्रयास गर्नेछन् ।

सोमबारको पहिलो खेलमा बिहान पौने ९ बजे भारत र पाकिस्तान भिड्ने छन् ।

यता, भारत र पाकिस्तानले लगातार दोस्रो जित हासिल गरेका छन् । पहिलो खेलमा बंगलादेशलाई ६४ रनले हराएको भारतले दोस्रोे खेलमा आयोजक थाइल्याण्डलाई ९ विकेटले हरायो ।

पहिले ब्याटिङ्ग गरेको थाइल्याण्डले ५ विकेटको क्षतिमा ६९ रन बनायो । जवाफमा भारतले ११ ओभर १ बलमै १ विकेटको क्षतिमा विजय हासिल ग¥यो ।

त्यस्तै पहिलो खेलमा नेपाललाई ९ विकेटले हराएको पाकिस्तानले दोस्रो खेलमा श्रीलंकालाई ८ विकेटले पराजित गर्‍यो ।

पाकिस्तानले ८ विकेटको क्षतिमा एक सय १२ रन बनाएकामा पाकिस्तानले १० बल खेल्न बाँकी छँदै २ विकेट गुमाएर विजयी भयो ।

सिंगल राउण्ड रविन लिगका आधारमा जारी ६ टिम सहभागी प्रतियोगिताका शीर्ष दुई टिमले उपाधिका लागि फाइनल खेल्नेछन् ।