Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


पूँजी बजारमा पहिरो: एकैदिन ६४ अंकको गिरावट


0
Shares

काठमाडौं, मंसिर १२ । नेपालको पूँजी बजारमा पहिरो जानेक्रम आइतबार पनि जारी रह्यो । आइतबार शेयर बजार परिसूचक नेप्सेमा साढे ६४ अंकको उच्च गिरावट आयो ।

आइतबार कारोबार सुरुवाती समयमा ३ प्रतिशतले नेप्से झरेपछि १५ मिनेटका लागि कारोबार नै रोकिएको थियो । यसदिन पनि कारोबार भएका सबै समूहमा उच्च अंकको गिरावट आयो ।

बीमा समूह सबैभन्दा उच्च करिब ५ सय ६३ अंकले झर्‍यो । यस्तै होटल समूह १ सय ४६ अंकले ओर्लियो भने जलविद्युत समूहमा पनि १ सय ४ अंकको गिरावट आयो ।

यसैगरी विकास बैंक समूह ६५ अंक बढिले घट्यो भने वाणिज्य बैंक समूहमा पनि साढे ५२ अंकको गिरावट आयो ।

यसदिन १ सय २८ कम्पनीको १४ लाख ७५ हजार कित्ता शेयर ९६ करोड रुपैयाँ बराबरमा खरिद विक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।