२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


आर्सनल, स्टोक सिटी र साउथह्याम्पटन विजयी, चेल्सीको अग्रता कायमै


0
Shares

काठमाडौं, मंसिर १३ । इंग्लिश प्रिमियर लिग फुटबल अन्तर्गत आइतबार राती भएको खेलमा आर्सनल, स्टोक सिटी र साउथह्याम्पटन विजयी भएका छन् ।

लण्डन क्लव आर्सनलले बर्नमाउथलाई ३-१ ले हराएको हो । आर्सनललाई विजयी गराउन अलेक्सीस सान्चेजले दुई तथा थियो वाल्कोटले एक गोल गरे ।

प्रिमियर लिग अन्तर्गतको अर्को खेलमा म्यान्चेस्टर युनाईटेडलाई वेष्ट ह्याम युनाईटेडले १-१ गोलको बराबरीमा रोकेको छ ।

खेलमा वेष्ट ह्यामका साखोले पहिलो गोल गरेपनि म्यान्चेस्टर युनाईटेडका ज्लातन ईब्राहिमोभिचले एक गोल फर्काउदै खेल बराबरी गरेका हुन् ।

प्रिमियर लिग अन्तर्गतका अन्य खेलहरुमा स्टोक सिटीले वाट्फोर्डलाई १-० ले हराँउदा साउथह्याम्पटनले एभर्टनलाई १-० ले नैं पराजित गरेको छ ।

इंग्लीश प्रिमियर लिग फुटबलमा १३ खेलबाट ३१ अंक जोडेको चेल्सी शिर्ष स्थानमा छ । ३०/३० अंक जोडेका लिभरपुल र म्यान्चेस्टर सिटी दोस्रो तथा तेस्रो स्थानमा रहँदा चौथो स्थानको आर्सनलको २८ अंक छ ।