
काठमाडौं, मंसिर १३ । फ्रान्समा आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनका लागि पूर्व प्रधानमन्त्री फास्वाँ फिलोन मध्य दक्षिणपन्थीका उम्मेदवार चुनिएका छन् ।
पार्टीभित्र भएको चुनावमा उनले पूर्व प्रधानमन्त्री एलाँ जुपेलाई पराजित गरेका हुन् । पूर्व प्रधानमन्त्री जुपेले हार स्वीकार्दै फिलोनलाई सघाउने बताएका छन् ।
फिलोनले आफूले थप निष्पक्ष समाज बनाउन चाहेको बताएका छन् । फियोले आगामी अप्रिलमा हुने चुनावमा कट्टर दक्षिणपन्थी उम्मेदवार मारि ल पेन र अर्का एक जना समाजवादी उम्मेदवारको सामना गर्नुपर्ने छ ।
६२ वर्षे फियोले आर्थिक सुधारहरुको प्रस्ताव गरेका छन् । सोसलिस्ट पार्टीबाट भने राष्ट्रपति फास्वाँ ओलान्द चुनावी मैदानमा उत्रने नउत्रनेमा केही स्पष्ट भएको छैन । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्