२० बैशाख २०८२, शनिबार | Sat May 3 2025


लाखौं अवैध मत घटाउने हो भने पपुलर मत पनि जित्छुः डोनाल्ड ट्रम्प


0
Shares

काठमाडौं, मंसिर १३ । अमेरिकामा राष्ट्रपति निर्वाचित डोनल्ड ट्रम्पले नोभेम्बर ८ मा सम्पन्न निर्वाचनमा खसेका लाखौं अवैध मत घटाउने हो भने आफुले पपुलर मतमा पनि विजय हासिल गरेको दाबी गरेका छन् ।

डेमोक्रेटिक उम्मेदार रहेकी हिलारी क्लिन्टनले विस्कन्सीनमा पुनः मतगणना गर्ने ग्रिन पार्टीकी उम्मेदवारको मागलाई समर्थन गरेपछि ट्रम्पको यस्तो भनाई सार्वजनिक भएको हो ।

रिपब्लिकन पार्टीका ट्रम्पले सबै महत्वपूर्ण इलेक्टोरल मतमा जित हासिल गरेपनि उनको पछिल्लो दाबीलाई पुष्टि गर्ने आधार भने देखिएको छैन ।

ट्रम्पले ट्वीट मार्फत क्लिन्टनले जितेको भर्जिनिया, न्यू ह्याम्सायर र क्यालिफोर्नियामा गंभीर धांधली भएपनि यसबारे अमेरिकी सञ्चारमाध्यमले कुनै ध्यान नदिएको आरोप समेत लगाए ।

क्लिन्टनले ट्रम्प भन्दा २० लाख बढी पपुलर मत पाउनु भएको छ । यद्यपी राष्ट्रपतिमा निर्वाचित हुन आवश्यक २ सय ७० भन्दा बढी इलेक्टोरल मत ल्याएर ट्रम्प विजयी भएका छन् ।

इलेक्टोरल मत राज्य राज्यको प्रतिस्पर्धाका आधारमा तय हुने व्यवस्था रहेको छ । (एजेन्सी)