२ भाद्र २०८२, सोमबार | Tue Aug 19 2025


गलेश्वरमा शत्बीज छर्न भक्तजनको घुइँचो


0
Shares

म्याग्दी, मंसिर १३ । बालाचतुर्दशीकै अवसरमा म्याग्दीको गलेश्वरमा पनि शतबीज छर्न भक्तजनको घुइँचो लाग्यो ।

द्वापरयुगमा सतीदेवीको गला पतन भएको मानिने गलेश्वरमा सतबिज छर्न हजारौं भक्तजन आएको गलेश्वर शिवालय क्षेत्र विकास कोषका अध्यक्ष रुद्रबहादुर केसीले जानकारी दिए ।

कालीगण्डकी नदीमा स्नान गरी धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनोलगायत सात थरीका बिउ छर्ने प्रचलन छ ।

यसैगरी शतबीजमा केरा, उखु, सुन्तला, अनार, भोगटे, कागती, निबुवा, बिमिरो, अमला जस्ता फलका साथै विभिन्न किसिमका फूल मिश्रण गरिन्छ ।