Logo ८ पुस २०८२, मंगलबार | Tue Dec 23 2025


आर्थिक विकासका लागि राजनीतिक स्थायित्व अनिबार्य: विज्ञ


0
Shares

काठमाडौं, मंसिर १३ । विज्ञहरुले सुशासन र राजनीतिक स्थायित्वको अभावमा मुलुकको आर्थिक विकास हुन नसकेको निष्कर्ष निकालेका छन् ।

नेपाल मानवअधिकार संगठनले आज राजधानीमा गरेको ‘नेपाल मानव अधिकार र आर्थिक विकास’ विषयक अन्तरक्रियामा उनीहरुले आर्थिक विकासका लागि राजनीतिक स्थायित्व हुनुपर्नेमा जोड दिएका हुन् ।

उर्जा मन्त्री जनार्दन शर्माले विकासका लागि राजनीतिक नेतृत्वको सोच परिवर्तन आवश्यक रहेको बताए ।

‘नेपालको पानी जनताको लगानी’ भन्ने उद्देश्यले सरकारले काम गरिरहेको भन्दै उनले जलविद्युत् क्षेत्रमा प्रगति गर्न सकिए पर्यटन, औद्योगिक र कृषि क्षेत्रको विकास सम्भव रहेको बताए ।

पूर्व अर्थमन्त्री डाक्टर रामशरण महतले दिगो विकास प्राप्तिको लक्ष्य हासिल गर्न प्रशासनिक क्षेत्रको सुधार आवश्यक रहेकोमा जोड दिए ।

राजनीति बहस धेरै भएको भन्दै उनले आर्थिक बहसलाई केन्द्रमा राखेर अगाडि बढ्न सक्नुपर्ने बताए ।

उनले राजनीतिक नेतृत्व, प्रशासनतन्त्र र जनताको संयुक्त प्रयासबाट मात्रै मुलुकमा दिगो विकास सम्भव हुने स्पष्ट पारे ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपतिशम्शेर राणा, पूर्वराजदूत डाक्टर भेषबहादुर थापालगायतले विधिको शासन, मानव अधिकारको संरक्षण, सम्र्बधन र विकासका लागि राजनीतिक स्थायित्वलाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताए ।