२९ बैशाख २०८२, सोमबार | Mon May 12 2025


नेपालका ७ खेलाडी ० रनमा आउट


0
Shares

                                                                                  फाइल फोटो
काठमाडौं, मंसिर १३ । एसिया कप महिला ट्वेन्टी–२० क्रिकेटको आफ्नो दोस्रो खेलमा पनि नेपाल पराजित भएको छ ।

थाइल्यान्डमा जारी प्रतियोगिताअन्तर्गत् सोमबार श्रीलंकाले नेपाललाई ८ विकेटले हराएको हो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपाल १६.२ ओभरमा २३ रनमा अलआउट भयो ।

नेपालका ७ खेलाडी शून्य रनमा आउट भएपछि नेपालको स्थिति दयनीय बनेको हो ।

नेपालकी ज्योति पाण्डेले सर्वाधिक १६ रन बनाइन् । यस्तै, सीता रानामगरले ४ र कप्तान रुबिना क्षेत्रीले १ रनमात्र जोड्न सके ।

२४ रनको विजयी लक्ष्य श्रीलंकाले ४.३ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो ।

नेपालका रुबिना क्षेत्री र करुना भण्डारीले १–१ विकेट हात पारे ।

नेपाल आफ्नो पहिलो खेलमा पाकिस्तानसँग ९ विकेटले पराजित भएको थियो ।

अब नेपालले आफ्नो तेस्रो खेलमा मंगलबार बंगलादेशको सामना गर्नेछ ।

६ टोली सहभागी प्रतियोगिताको सबैभन्दा कमजोर टिम मानिएको नेपाल अंकतालिकाको पुछारमा छ ।

दोस्रो चरणको समाप्तिसम्म शतप्रतिशत नतिजासहित भारत र पाकिस्तान शीर्ष दुईमा रहेका छन् भने श्रीलंका र बंगलादेश तेस्रो र चौथो स्थानमा छन् ।

अंकविहीन भएपनि थाइल्यान्ड रनरेटका आधारमा नेपालभन्दा अगाडि छ ।