२ भाद्र २०८२, सोमबार | Tue Aug 19 2025


सोमबार बिहानको कम्पनले एक घरमा क्षति


0
Shares

पोखरा, मंसिर १३ । सोमबार बिहान आएको पराकम्पनका कारण लेखनाथ नगरपालिकामा एक घरमा क्षति पुगेको छ ।

पराकम्पनका कारण लेखनाथ नगरपालिका वडा नम्बर–४ जलधारेमा रुद्रमोहन भट्टराईको एकतले पुरानो घरमा क्षति पुगेको डाँडाको नाक प्रहरीचौकीका प्रहरी निरीक्षक मदनजीत महराले जानकारी दिए ।

उनका अनुसार गत वर्षको भूकम्पले चर्काएको उक्त घरमा बिहानको कम्पनले केही क्षति पुर्‍याएको हो । केही वर्षयता भट्टराई परिवार उक्त घरमा बस्ने गरेका थिएनन् ।

बिहान ५ः२० बजे रामेछाप र सोलुखुम्बुलाई केन्द्रबिन्दू बनाएर ५.६ म्याग्निच्यूडको पराकम्पन आएको थियो ।

भूकम्प मापन केन्द्रले यो ‘गोरखा भूकम्प’को पराकम्पन भएको जनाएको छ । रासस