२७ बैशाख २०८२, शनिबार | Sat May 10 2025


राष्ट्रकवि घिमिरे र शताब्दीपुरुष जोशी अभिनन्दित


0
Shares

काठमाडौं, मंसिर १३ । गण महाविहारका प्रमुख भिक्षु सोभित महास्थवीरको ३५औं प्रबज्या दिवसको अवसरमा सोमबार राष्ट्रकवि माधवप्रसाद घिमिरे र शताब्दीपुरुष संस्कृतिविद् सत्यमोहन जोशीलाई अभिनन्दन गरिएको छ ।

काठमाडौंको गणबहालस्थित धर्मविजय पदनम् गण महाविहारमा आयोजित समारोहमा भिक्षु महास्थवीरले राष्ट्रकवि घिमिरे र शताब्दीपुरुष जोशीलाई जनही नगद पाँच हजार पाँच सय ५५ रुपैयाँ नगदसहित अभिनन्दन गरेका हुन् ।

कार्यक्रममा बौद्धधर्मको प्रबद्र्धनमा योगदान पुर्‍याएका व्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो ।