
काठमाडौं, मंसिर १३ । भारतविरुद्धको मोहालीमा जारी तेस्रो टेस्ट क्रिकेटमा इंग्ल्यान्ड पराजयनजिक पुगेको छ ।
पहिलो इनिङमा १३४ रनले पछि परेको इंग्ल्यान्डले दोस्रो इनिङमा सोमबार तेस्रो दिनको समाप्तिसम्म ४ विकेटको क्षतिमा ७८ रनमात्र बनाएको छ । इंग्ल्यान्ड अझै ५६ रनले पछाडि छ ।
भारतका लागि अलराउन्डर रविचन्द्रन आश्विनले ३ विकेट लिइसकेका छन् ।
यसअघि, इंग्ल्यान्डले पहिलो इनिङमा २८३ रन बनाउँदा भारतले ४१७ रन जोडेको थियो ।
रविन्द्र जडेजाले ९० तथा आश्विनले ७२ रन बनाएका थिए ।
प्रतिक्रिया दिनुहोस्