काठमाडौं, मंसिर १३ । सोमबार शेयर बजारमा तीव्र उतार–चढाव कायम रह्यो ।
पछिल्ला दिन उच्चदरले ओरालो लाग्दै आएको शेयर बजार यसदिन पनि सुरुमा उच्चदरले झर्दै दुईपटक ‘सर्किट ब्रेक’ नै लाग्यो । तर, अन्तिम समयमा ४० अंकले सकारात्क रहेर थामियो ।
कारोबारको सुरुआती समय ‘वियरिस ट्रेन्ड’मा रहँदै ६० अंकजसोले झरेर १४ सयमा आइसकेको बजार परिसूचक नेप्से अपराह्नपछि ‘यु टर्न’ हुँदै ४० अंकले धनात्मक रही १५ सय १० पुगेर थामिएको हो ।
उत्पादनमूलकबाहेक अरु सबै समूह सकारात्मक रहे । बीमा समूहमा सबैभन्दा उच्च १ सय ३० अंकको सुधार आयो । होटल समूह ७५ अंकले बढ्यो । वाणिज्य बैंक समूहमा पनि ५० अंकको बृद्धि आयो । जलविद्युत् समूह ४५ अंकले, विकास बैंक समूह २४ अंकले र वित्त समूह पनि १३ अंकले सकारात्क रह्यो ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १ सय २४ कम्पनीको १३ लाख ९५ हजार कित्ता शेयर १ अर्ब १० करोड रुपैयाँ बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।





प्रतिक्रिया दिनुहोस्