Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


डडेल्धुरा महोत्सव सम्पन्न, १० करोडको कारोबार


0
Shares

डडेल्धुरा, मंसिर १३ । सुदूरपश्चिमको पहाडी जिल्ला डडेल्धुरामा भएको सुदूरपश्चिम क्षेत्रीय महोत्सव सोमबार उत्साहजनकरुपमा सम्पन्न भएको छ ।

‘सुदूरपश्चिम क्षेत्रीय महोत्सवको अभियान, सुन्दर सुदूरपश्चिम पहिचान’ भन्ने मूल नाराका साथ यहि मंसिर ३ गतेदेखि सन्चालन भएको महोत्सवको तीन लाखभन्दा बढीले अवलोकन गरेको आयोजकले जनाएको छ ।

उद्योग वाणिज्य संघ डडेल्धुराले आयोजना गरेको महोत्सवमा स्थानीय कृषिउपज, उद्यमीहरुका उत्पादित वस्तुहरुको प्रचारप्रसार, प्रदर्शनी र खरिद–बिक्री, स्थानीय डोटेली खानाका परिकारका साथै सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।

महोत्सवमा करिब १० करोड रुपैयाँ बराबरको कारोबार भएको उद्योग वाणिज्य संघ डडेल्धुराले जनाएको छ ।