Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


शेयर बजार किन घट्यो ? यसो भन्छन् बोर्डका कार्यकारी निर्देशक गिरी


0
Shares

काठमाडौं, मंसिर १३ । पछिल्ला दिन शेयर बजारका लगानीकर्ता अस्थिर देखिएका छन् ।

सूचीकृत कम्पनीहरुले राम्रो वासलात प्रस्तुत् गरिरहँदा पनि नेप्से उच्चदरले ओरालो लागेसँगै लगानीकर्ता अत्तालिएको देखिएको हो ।

धितोपत्र बोर्डले भने अहिले शेयर बजार घट्नुपर्ने कुनै कारण नरहेको जनाएको छ ।

बोर्डका कार्यकारी निर्देशक निरज गिरीले हल्लाको प्रतिक्रियास्वरुप शेयर बजार घटेको हुनसक्ने सोमबार हामीसँग बताए ।

ब्याजदर बढिरहेको र बाफियामा १० वर्ष पुग्ने बैंकहरुको प्रमोटर शेयर पब्लिक शेयरमा परिवर्तन हुने र त्यसले गर्दा बजारमा ‘ओभरफ्लो’ भएर आउँछ भन्ने हल्लाका कारण लगानीकर्ता अत्तालिएको हुनसक्ने उनले बताए ।

‘शेयरमा लगानी गर्दा अर्थतन्त्र र सूचीकृत संस्थाहरुको वित्तीय विवरण हेर्नुपर्ने हुन्छ, अहिलेको अवस्थामा दुबै सकारात्मक नै देखिएकोले लगानीकर्ता आत्तिनुपर्र्नेे अवस्था नरहेको’ उनी बताउँछन् ।

उनले बोर्डले शेयर बजारको विकासका लागि विभिन्न कदमहरु चालिरहँदा बजार अझै फैलिने अवस्था रहेको भन्दै लगानी गर्दा भने हल्लाका पछाडि नलागी सचेतपूर्वक लगानी गर्नुपर्ने बताए ।