Logo १६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026


घरबाट भागेर हिँडेका चार किशोरीको उद्धार


0
Shares

गुल्मी, मंसिर १४ । जिल्ला प्रहरी कार्यालय गुल्मीले घरदेखि भागेर हिँडेका चारजना किशोरीको उद्धार गरेको छ ।

घरबाट भागेर बुटवलतर्फ जान लागेका किशोरीलाई विशेष सूचनाको आधारमा रेसुङ्गा नगरपालिका–४ स्थित जोगीथुमबाट आइतबार उद्धार गरिएको हो ।

लु १ ख ८८५५ नम्बरको बसबाट ती किशोरीहरु बुटवलतर्फ जाँदैछन् भन्ने सूचना पाएपछि सिमलटारीदेखि तम्घासतर्फ आउँदै गरेको उक्त बसमा प्रहरीले खोजतलास गर्दा ती किशोरी फेला परेका जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायब उपरीक्षक महेन्द्र नेपालले सोमबार जानकारी दिए ।

उद्धार गरिनेमा गुल्मीको सिर्सेनी गाविस–३ कि १२ वर्षीया सुनिता नेपाली, १४ वर्षीया विमा नेपाली, १६ वर्षीया रीता नेपाली र सोही गाविस–२ निवासी १२ वर्षीया लक्ष्मी नेपाली रहेका छन् ।

प्रहरीले उनीहरुलाई सोधपुछ गरी किशोरीका आफन्तलाई जिम्मा लगाएको छ । किशोरीहरुले भने काम गर्ने सिलसिलामा आफूहरु घरबाट भागेर बुटवल जान लागेका बताएका छन् । (रासस)