धादिङ, मंसिर १४ । अदुवाको मूल्य घटेपछि धादिङका किसानले अदुवा बेचेर खर्चसमेत उठाउन नसक्ने भएका छन ।
गत बर्षको तुलनामा अदुवा भाउ चार गुणाले घटेको व्यापारीले बताएका छन् । अदुवाको मूल्य तीन बर्षयताकै बढी घटेको धार्के तरकारी संकलन केन्द्रले जनाएको छ ।
गत बर्ष किसानले प्रतिकेजी अदुवाको मोल १ सय २० सम्म पाएकोमा यस वर्ष भने किसानले प्रतिकेजी मुस्किलले २० देखि २५ रुपैयाँ पाएका छन् ।
जसबाट राम्रो आम्दानी लिने आशासहित अदुवा खेती गरेका धादिङ र नुवाकोटका किसान मर्कामा परेका हुन् ।
विषादीको प्रयोग बढी गरेको हल्ला फैलाएर अदुवा भारत जान रोकेको र यसले मूल्यमा गिरावट आएको ब्यापारीहरुको भनाइ छ ।
धादिङको बैरेनी, धार्के, तसर्पु, थाक्रे, जीवनपुर, केवलपुरका किसानले ब्यवसायीक रुपमा अदुवाको खेती गर्दै आएका छन् ।





प्रतिक्रिया दिनुहोस्