सर्लाही, चैत ११ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले वर्तमान सरकार पक्षपाती सरकार भएको आरोप लगाएका छन् ।
सोमबार सर्लाहीको ईश्वरपुरमा नेपाल महिला संघ सर्लाहीले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् ।
सरकारले नागरिकका अधिकार, बजेट बाँडफाँट र विकास निर्माणमा पक्षपात गरेको उनको भनाइ थियो ।
नेतृत्वदेखि नै सुधार आवश्यक
उनले पार्टीलाई बलियो बनाउन नेतृत्वदेखि नै सुधार गर्नुपर्ने बताए ।
पार्टीभित्र पारदर्शी मूल्यांकन हुनुपर्ने भन्दै उनले सबैसँग निष्पक्ष व्यवहार हुनुपर्नेमा जोड दिए ।
नेता पौडेलले पार्टीभित्र सुधारसहितको एकता हुनुपर्ने औंल्याए । नेतृत्वले जे भन्यो, त्यही कुरालाई आँखा चिम्लिएर स्वीकार गर्नुपर्ने अन्यायपूर्ण अवस्था रहे एकता हुन नसक्ने उनले उल्लेख गरे ।









प्रतिक्रिया दिनुहोस्