
काठमाडौं, मंसिर १४ । इटालीमा द्वन्द्वग्रस्त उत्तर अफ्रिकी मुलुकबाट आउने आप्रवासीको संख्या अहिलेसम्मकै उच्च भएको छ ।
यस वर्ष अहिलेसम्म १ लाख ७१ हजारभन्दा बढी आप्रवासी भित्रिसकेको इटालीका आन्तरिक मन्त्रालयले जनाएको छ ।
आप्रवासी मध्ये धेरैजसोको उद्देश्य जर्मनी र स्विडेन जानु रहेको पाइएको छ । आप्रवासी ओइरिन थालेपछि इटालीको शरण दिने व्यवस्थामा थप चुनौति थपिएको छ ।
गत वर्ष १० लाख आप्रवासी टर्की हुर्दै यूरोप प्रवेश गरेका थिए । गत हप्ता मात्र टर्कीका राष्ट्रपति रिसेप तैयप अर्दोगानले यूरोपियन यूनियनमा टर्कीकोे सदस्यताको विषय अगाडि नबढाए थप आप्रवासीलाई प्रवेश दिन नसक्ने चेतावनी दिएका थिए ।
सन् २०१६ मा भूमध्यसागर हुँदै यूरोप प्रवेश गर्ने क्रममा ४ हजार ६ सय ९० आप्रवासीको मृत्यु भएको वा हराइरहेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्