ताप्लेजुङ, मंसिर १४ । भारतीय सरकारले ठूला दरका भारतीय नोटमा बन्देज लगाएपछि पूर्वमा ठप्प बनेको अलैंचीको कारोबार फेरि सुरु भएको छ ।
नेपाल अलैंची ब्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष दीपक नेपालका अनुसार भारु पाँच सय र एक हजारको नोट सटही गरी भारतीय व्यापारीले रकम जोहो गरेकाले फेरि अलैंचीको कारोबार थालिएको हो ।
नोटमा बन्देज लगाएपछि भारतीय व्यापारीले प्राविधिक कारण देखाउँदै अलैंची किन्न नआउँदा नेपालका व्यवसायीले सूचना निकालेरै कारोबार ठप्प पारेका थिए ।
अहिले झापाको विर्तामोडमा प्रतिमन ५४ हजार र ताप्लेजुङमा ५२ हजारमा अलैंचीको कारोबार भईरहेको व्यवसायीहरुले बताएका छन् ।
यसअघि अलैंची कारोबार ठप्प हुँदा सबैभन्दा बढी अलैंची उत्पादन हुने ताप्लेजुङसहित, पाँचथर, ईलाम, तेह्रथुम, संखुवासभालगायत पूर्वका किसान मारमा परेका थिए ।
अलैंची कारोबार गर्ने समयमा नोट प्रतिबन्ध भएपछि अलैंची निर्यात १० प्रतिशतमा सीमित भएको थियो ।
नेपालमा वार्षिक पाँच हजार मेट्रिक टन अलैंची उत्पादन हुने गरेको छ । जसमा ९८ प्रतिशत भारत निर्यात हुन्छ ।





प्रतिक्रिया दिनुहोस्