८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025


देशभर भ्रष्टाचारीलाई बहिस्कार गर्ने आन्दोलन


0
Shares

काठमाडौं, मंसिर १४ । नेपाल बार एसोसिएसनका अध्यक्ष शेरबहादुर केसीले भष्टाचार अन्त्यका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिएका छन् ।

‘नयाँ नेपाल, समृद्ध नेपाल निर्माण आन्दोलन समिति’ले मंगलबार राजधानीमा गरेको कार्यक्रममा उनले भ्रष्टचारविरुद्ध अभियानको खाँचो रहेको बताए ।

मुलुकमा भ्रष्टाचार बढ्दै गएकोमा चिन्ता व्यक्त गर्दै उनले कानुनी शासनका लागि प्रतिबद्धता जनाए ।

नेपाल बार एसोसिएसनका पूर्वअध्यक्ष तथा कानुनविद्हरु विश्वकान्त मैनाली र शम्भु थापाले भ्रष्टाचार न्यूनीकरणका लागि राज्यकै प्रतिबद्धता आवश्यक रहेकोमा जोड दिए ।

भ्रष्टचार मुलुक समृद्धिको बाधक भएको भन्दै उनीहरुले भ्रष्टाचारविरुद्ध हुने जुनसुकै आन्दोलन र अभियानमा साथ दिने प्रतिबद्धता व्यक्त गरे ।

समृद्ध नेपाल नेपाल निर्माण आन्दोलनका अभियन्ता कृष्ण केसीले भ्रष्टाचारविरुद्ध आफूहरुले अभियान सन्चालन गर्न लागेको भन्दै साथ दिन अपिल गरे ।

समृद्धिका लागि परनिरर्भरता, दन्डहीनता र भ्रष्टाचारको अन्त्य जरुरी रहेको भन्दै उनले देशभर भ्रष्टाचारीलाई बहिस्कार आन्दोलन गरिने जानकारी दिए ।