
गुल्मी, मंसिर १४ । लैंगिक हिंसाविरुद्धको १६ दिने अभियान सुरु भएसँगै एक व्यक्तिले श्रीमतीलाई कुटपिट गरेका छन् ।
गुल्मी, छापहिले गाविस–१ निवासी २२ वर्षीय कुमार गिरीले आफ्नी २० वर्षीया श्रीमती सरा ज्ञवालीलाई कुटपिट गरेका हुन् ।
गिरीले प्रहार गरेको ढुंगाले टाउकामा लाग्दा गम्भीर घाइते भएकीले उनको इलाका स्वास्थ्यचौकी इश्मा रजस्थलमा उपचार भइरहेको छ ।
पीडितका आफन्तले इश्मा प्रहरीचौकीमा दिएको उजुरीका आधारमा अभियुक्त गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।
घरमा पतिले कुटपिट गरेपछि चार महिनादेखि आफू माइतीघरमा बस्दै आएको पीडितले बताइन् ।
माइतीघर इश्मा रजस्थल–४ मा बस्दै आएकी उनलाई घर जान आग्रह गरेको तर घर जान नमानेपछि कुटपिट गरिएको गिरीले बताएकी छन् । रासस
प्रतिक्रिया दिनुहोस्