२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


ब्राजिलका फुटबल खेलाडीसहित ८१ जना सवार विमान दुर्घटनामा ७६ को मृत्यु (फोटोफिचर)


0
Shares

काठमाडौं, मंसिर १४ । ब्राजिलको एक फुटबल टिमसहित ८१ जना सवार विमान मंगलबार कोलम्बियामा दुर्घटना हुँदा ७६ जनाको मृत्यु भएको छ ।

बोलिभियाबाट ७२ जना यात्रु र ९ जना चालकदलका सदस्यसहित उडेको विमान कोलम्बियाको मेडेलिन सहरनजिक दुर्घटना भएको हो ।

दुर्घटनामा परेका पाँचजनाको भने जीवितै उद्धार गरिएको अन्तर्राष्ट्रिय सन्चारमाध्यमहरुले जनाएका छन् ।

विमानमा विद्युतीय समस्याका कारण दुर्घटना भएको बताइएको छ ।

चार्टर गरिएको विमानमा ब्राजिलको ‘क्यापेकोइन्स’ फुटबल टिमका खेलाडी, प्रशिक्षक र पत्रकारको समूह रहेको बताइएको छ ।

फुटबल समूह साउथ अमेरिकन क्लब कपअन्तर्गत् मेडेलिनस्थित अटलेटीको नसिओनाल टिमसँग प्रतिस्पर्धा गर्ने तयारीमा थियो ।

विमान दुर्घटनापछि बुधबार हुने भनिएको खेल स्थगित गरिएको छ । पहाडी क्षेत्रमा विमान दुर्घटना भएको हो । (एजेन्सी)