७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


नेपाल–भारत संयुक्त संयन्त्रको पहिलो बैठक सुरु


0
Shares

काठमाडौं, मंसिर १४ । नेपाल–भारत संयुक्त संयन्त्रको बैठक मंगलबारदेखि परराष्ट्र मन्त्रालयमा सुरु भएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणमा भएको सहमतिअनुसार गठन गरिएको संयुक्त संयन्त्रको यो पहिलो बैठक हो ।

बैठकमा नेपालीपक्षको नेतृत्व परराष्ट्रसचिव शंकरदाश बैरागी र भारतीयपक्षको नेतृत्व भारतीय राजदूत रणजीत रायले गरेका छन् ।

बैठकमा दुबैपक्षका अर्थ, जलस्रोत, स्वास्थ्य, वनलगायत विभिन्न मन्त्रालयका सहसचिवहरु गरी ६० जनाभन्दा बढीको उपस्थिति रहेको छ ।

बैठकमा पञ्चेश्वर परियोजनालगायत भारतीय सहयोगका विभिन्न परियोजनाका साथै द्विपक्षीय मुद्दाहरुमा छलफल भएको बताइएको छ ।