ललितपुर, मंसिर १४ । चालक अनुमतिपत्रको फारम भर्नका लागि सेवाग्राहीले हैरानी पाएको गुनासो बढेपछि भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखक मंगलबार एकान्तकुनास्थित यातायात व्यवस्था विभाग बागमती अञ्चल कार्यालय पुगेका छन् ।
मन्त्री लेखकसँगै यातायात व्यवस्था विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ पनि कार्यालय पुगेका थिए ।
कार्यालयमा लाममा बसेका सेवाग्राहीले आफूले रातिदेखि नै लाममा बस्नुपरेको गुनासो गरेका छन् ।
मन्त्री लेखक चालक अनुमतिपत्र र साना–ठूला सवारी शाखा गरेर दुबै शाखामा पुगेको मन्त्रीका सल्लाहकार ईश्वरीप्रसाद जोशीले बताए ।
मन्त्री लेखकले चालक अनुमतिपत्र वितरणका लागि थप तीन ठाउँमा कार्यालय खोल्न ढिला नगर्न पनि महानिर्देशक श्रेष्ठलाई निर्देशन दिएका छन् ।
उनले मन्त्रालयको कार्यभार सम्हालेको केही समयमा नै सल्लाघारी, कलंकी र चाबहिल गरेर तीन ठाउँमा नयाँ कार्यालय खोलेर सेवा दिन निर्देशन दिएका थिए ।
महानिर्देशक श्रेष्ठले घर बहालमा लिन समस्या भएको बताए ।
‘घर भाडामा लिन पहल भएपनि भूकम्पप्रतिरोधी भवन खोजिरहेकाले समय लागेको हो’–महानिर्देशक श्रेष्ठले श्रेष्ठले भने । रासस









प्रतिक्रिया दिनुहोस्