काठमाडौं, मंसिर १४ । हुन्डाई कन्स्ट्रक्सन इक्विमेन्ट इन्डियाको नयाँ निर्माण उपकरण नेपाली बजारमा भित्र्याइएको छ ।
हुन्डाई कन्स्ट्रक्सनका लागि नेपालको अधिकृत विक्रेता कन्स्ट्रक्सन सोलुसन्सले यी निर्माण उपकरण स्थानीय बजारमा भित्र्याएको हो ।
कम्पनीले ३४० एल सी–७ र आर ३९० एल सी–९ का यी निर्माण उपकरण ल्याएको हो ।
यो वर्ष यस्ता निर्माण सामाग्री ४ सय बढी बिक्री गर्ने लक्ष्य लिएको कम्पनीले जनाएको छ ।
हुन्डाई कन्स्ट्रक्सनका यी उपकरणको नेपाली बजार हिस्सा ३० प्रतिशत रहेको कम्पनीको दाबी छ ।





प्रतिक्रिया दिनुहोस्