
मोन्टेभिडियो, मंसिर १४ । ब्राजिलको फुटबल क्लबका खेलाडीहरू सवार एक विमान कोलम्बियामा दुर्घटनामा हुँदा ७६ जना खेलाडीको मृत्यु भएको छ ।
खेलको इतिहासमा नै यो भीषण घटनारूपमा लिइएको छ ।
यसअघि भएका विमान दुर्घटनामा यति घेरै संख्यामा खेलाडी मारिएका तथ्यांक हालसम्म प्राप्त भएको छैन ।
फुटबल खेलाडीहरूको टोली लिएर चार्टर गरी गइरहको सो विमान कोलम्बियामा दुर्घटनाग्रस्त भएको हो ।
यद्यपि, दुर्घटनाग्रस्त यस विमानबाट उद्धारकर्ताहरूको टोलीले ६ व्यक्तिलाई जीवितै उद्धार गरेको कोलम्बियाली अधिकारीकर्ताहरूले जानकारी दिएका छन् । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्