१६ भाद्र २०८२, सोमबार | Tue Sep 2 2025


भारतमा सैनिक शिविरमै आतंकवादी आक्रमण, सात सैनिक र दुई आतंककारी मारिए


0
Shares

काठमाडौं, मंसिर १५ । भारतको जम्मु–कस्मिरस्थित सैनिक शिविरमा आतंकवादी आक्रमणमा परी सातजना सैनिक मारिएका छन् ।

जम्मुको नगरोटामा मंगलबार गरिएको आक्रमणका क्रममा दुई आतंककारी पनि मारिएका छन् ।

हतियारसहित प्रवेश गरेका आतंककारी समूहले सैनिक शिविरमा रहेको क्यान्टिनबाट १६ जनालाई बन्धक बनाएका थिए । सेनाले बन्धक बनाइएकालाई भने मुक्त गराएको छ ।

जम्मुबाट १६ किलोमिटर टाढा रहेको नगरोटामा आतंकवाद नियन्त्रणका लागि विशेष शिविर खडा गरिएको थियो ।

घटनालगत्तै सुरक्षा व्यवस्था कडा बनाइनुका साथै यातायात, विद्यालय र कलेजहरु केही समयका लागि बन्द गरिएका छन् । (एजेन्सी)