Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


बैंक नहुँदा राहदानी आवेदन फारम लिनै सास्ती


0
Shares

तेह्रथुम, मंसिर १५ । तेह्रथुमको पूर्वी आठराई सक्रान्तिबजारमा इलाका प्रशासन कार्यालय स्थापना भएपनि स्थानीयले राहदानी लिन पाएका छैनन् ।

कार्यालयले द्रुतसेवाअन्तर्गत् काठमाडौँमा गएर राहदानी लिनेहरुका लागि सिफारिस दिने गरेको छ ।

तर, सामान्य प्रक्रियामा राहदानी लिनेले कार्यालयबाट आवेदन फारमसमेत भर्न नपाउँदा स्थानीयलाई सास्ती भएको हो ।

राजस्व जम्मा गर्ने सरकारी बैंक नहुँदा राहदानीको आवेदन फारम लिन नसकिएको इलाका प्रशासन कार्यालयका प्रमुख सफल पोर्तेलले बताए ।

घरनजिकै इलाका प्रशासन कार्यालय खुलेपछि नजिकैबाट राहदानी सेवा लिन पाइन्छ भन्ने सोचेका आठराईबासी भने बैंक नहुँदा उत्तिकै सास्ती व्यहोर्न बाध्य छन् ।

कार्यालय खुलेपनि राहदानी आवेदन फारम भर्न दुई दिनको पैदल हिँडेर सदरमुकाम पुग्नुपरिरहेको स्थानीयले गुनासो गरेका छन् ।