Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


म्याग्दीमा १२३४ मेगावाट विद्युत् उत्पादन सम्भावना, आयोजना दर्ता, काम छैन


0
Shares

ध्रुवसागर शर्मा (इमेज)
म्याग्दी, मंसिर १५ । जलविद्युत् उत्पादनका लागि म्याग्दीमा दर्ता भएका आयोजनामध्ये अधिकांशले काम गरेका छैनन् ।

अहिलेसम्म दर्ता गरिएअनुसार एक हजार २३४ मेगावाट विद्युत् उत्पादन गर्न सकिने सम्भावना भएपनि केहीकोबाहेक अरु आयोजनाको गति सुस्त छ ।

विभिन्न संघ–संस्थाल र व्यक्तिले २९ ओटा आयोजनाबाट एक हजार २३४ मेगावाट विद्युत् निकाल्ने भन्दै आयोजना दर्ता गरेका छन् ।

जिल्लामा अहिले ३२ मेगावाटको राहुघाट, ४२ मेगावाटको मिरिस्त्रीखोला र पाँच मेगावाटको घलेम्दीखोला जलविद्युत् आयोजनामात्रै निर्माण चरणमा छन् ।

विद्युत् विकास विभागबाट जिल्ला विकास समितिलाई आएको जानकारीअनुसार २९ आयोजनाबाट एक हजार २३४ मेगावाट क्षमताको विद्युत् उत्पादन हुने देखिएपनि अधिकांश आयोजनाले गरेका कामबारे जानकारी नभएको जिविसका सामाजिक विकास अधिकृत हरिकृष्ण आचार्यले जानकारी दिए ।