Logo ८ श्रावण २०८३, शुक्रबार | Fri Jul 24 2026


बाग्मती नदी बगरमा परवलखेती गरेर आम्दानी


0
Shares

रौतहट, मंसिर १५ । रौतहटको रमौली बैरियाका बासिन्दाले बाग्मती नदी बगरमा परवलखेती गरेर आम्दानी गर्न थालेका छन् ।

२०५० सालमा बाग्मतीको बाढीले खेतीयोग्य जमिन कटान गरेपछि बगर बनेको स्थानमा रमौली बैरियाका बासिन्दाले तरकारीखेती गर्न थालेका हुन् ।

लामो मिहिनेतपछि गरिब परिवारले परवलखेती गरी जीवनयापन गरिरहेको स्थानीय जोगेन्द्र सहनीले बताए ।

एकपटक रोपेपछि ५/६ वर्षसम्म राम्रो आम्दानी दिने र बलौटे माटोमा राम्रो खेती हुने भएकाले पनि किसानहरु यस खेतीप्रति आकर्षित भएका हुन् ।

प्रतिकिलो ३० देखि ४० मा बारीबाटै बिक्री हुने परवलखेती साउनदेखि मंसिर–पौससम्म निरन्तर फलिरहने भएकाले यसबाट राम्रै आम्दानी हुने गरेको छ ।

बेलाबेलामा रोगले परवल मर्ने भएकाले कृषि कार्यालयले सहयोग गरे खेती अझ बढने किसानहरु बताउँछन् ।