२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


पिता गुमाए तर राहदानी बोक्न बिर्सिएकै कारण जीवनदान पाए यिनले


0
Shares

ब्राजिल, मंसिर १५ । ब्राजिलको चापाकोन्से फुटबल क्लवका सदस्यहरु सवार विमान दुर्घटनाबाट ब्राजिलियन फुटबलमा पुगेको क्षति अपुरणीय छ ।

फुटबल खेलाडी, क्लवका पदाधिकारी लगायत ८१ जना सवार विमान दुर्घटनामा ७५ जनाको मृत्यु भएको छ । ६ जनाको उद्धार गरिएको अधिकारीहरुले जनाएका छन् ।

तर एक यस्ता व्यक्ति पनि छन्, जो एउटा सानो असावधानीका कारण उक्त विमानमा यात्रा गर्नबाट वञ्चित भएका थिए ।

माथेयुस सारोली ती भाग्यमानी हुन् जो आफ्नो राहदानी बोक्न बिर्सिएका कारण उक्त विमानमा सवार हुन पाएका थिएनन् । उनी चापाकोन्से फुटबल क्लवका मेनेजर काइयो जुनियरका पुत्र हुन् ।

उनले भनेका छन्, ‘म साउ पाउलोमा थिएँ, मैले राहदानी बोक्न बिर्सिएका कारण यात्रा रद्द गर्नु परेको थियो ।’

उनले आमा लगायत परिवारका सदस्यहरु शोकबाट निस्कने प्रयासमा रहेको पनि जनाएका छन् । उनले पिता र क्लवका सदस्य तथा पदाधिकारीहरु गुमाउनु परेकोमा दुःख व्यक्त गरेका छन् । (एजेन्सी)