८ भाद्र २०८२, आइतबार | Sun Aug 24 2025


विद्युत् प्राधिकरण धनकुटाको अतिक्रमित जग्गा एक महिनाभित्र खाली गर्न निर्देशन


0
Shares

कविराज घिमिरे (इमेज)
धनकुटा, मंसिर १५ । जिल्ला प्रशासन कार्यालय धनकुटाले नेपाल विद्युत् प्राधिकरण धनकुटा शाखाको अतिक्रमित जग्गा एक महिनाभित्र खाली गराउन निर्देशन दिएको छ ।

कार्यालयले अनधिकृतरुपमा निर्माण गरिएका टहरा हटाउन एक महिने ‘अल्टिमेटम’सहितको सूचना टाँस गरेको हो ।

धनकुटा नगरपालिका–१ हिलेमा विद्युत् प्राधिकरण धनकुटा शाखाको नाममा रहेको १९५ रोपनी जग्गा अतिक्रमण गरी घर–टहरा बनाएका ४२ घरलाई एक महिनाभित्र जग्गा खाली गर्न भनिएको छ ।

सूचनाको बेवास्ता गरिए कानुनबमोजिम कारबाही गर्ने चेतावनी प्रशासनले दिएको छ ।

जिल्लामा क्रियाशील राजनीतिक दल, सरकारी निकाय र नागरिक समाजको संयुक्त बैठकबाट एक महिनामा अतिक्रमित जग्गा खाली गर्ने निर्णय गरेपछि जिल्ला प्रशासन कार्यालयले पनि तदारुकता देखाएको नेपाल विद्युत् प्राधिकरण धनकुटा शाखाका प्रमुख ध्रुव कार्कीले बताए ।