२० बैशाख २०८२, शनिबार | Sun May 4 2025


डोनाल्ड ट्रम्पलाई एफबीआई प्रमुखको कडा चेतावनी


0
Shares

काठमाडौं, मंसिर १५ । अमेरिकी संघीय जाँच ब्यूरो एफबीआईका प्रमुख जोन ब्रेनानले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको आणविक सम्झौता अन्त्य गरे त्यो घातक हुने चेतावनी दिएका छन् ।

बीबीसीसँगको कुराकानीका क्रममा ब्रेनानले रुसले विगतमा गरेका प्रतिबद्धता पूरा नगरेकाले उसको व्यवहारप्रति सचेत रहन सुझाव दिए ।

उनले सिरियामा बढ्दो संकटप्रति मस्कोमाथि दोषारोपण गरे । रुसले सिरियामा राष्ट्रपति बसर अल असादलाई सहयोग गरेको छ भने ओबामा प्रशासनले असादको शासनविरुद्ध संघर्षरत मध्यमार्गी विद्रोहीलाई सहयोग गरिरहेको छ ।

चुनावी अभियानका क्रममा ट्रम्पले इरानसँगको सम्झौता रद्द गर्ने र रुससँग सम्बन्ध सुधार गर्ने संकेत गरेका थिए । एफबीआई प्रमुख ब्रेनानको चार वर्षे कार्यकाल आगामी जनवरीमा सकिंदै छ । (एजेन्सी)