
काठमाडौं, मंसिर १५ । हङकङमा आयोजित ‘अक्सफाम ट्रेलवाकर’ का विजेताहरुलाई व्यावसायिक घराना चौधरी ग्रुपले ब्राण्ड एम्बेसडर बनाउने भएको छ ।
वि विल राईज फाउण्डेसनले विजेताहरुको सम्मानमा आज काठमाडौंमा आयोजना गरेको कार्यक्रममा चौधरी ग्रुपका कार्यकारी निर्देशक राहुल चौधरीले यस्तो घोषणा गरेका हुन् ।
चौधरीले राष्ट्रको शान र मान उँचो बनाउने खेलाडीहरुको सम्मानमा व्यासायिक कम्पनीहरुले सक्दो योगदान पुर्याउनु पर्नेमा जोड दिए ।
वि विल राईज फाउण्डेसनले प्रत्येक खेलाडीलाई १० हजारसहित कदर पत्र प्रदान गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्