काठमाडौं, मंसिर १५ । बुधबार पनि शेयर बजार परिसूचक नेप्सेमा दोहोरो अंकको बृद्धि आयो । उचारचढावबीच नेप्से ५४ अंकले बढेर १६ सय ८ विन्दुमा पुग्यो ।
यसदिन कारोबार भएका सबै समूहमा बृद्धि आयो । बीमा समूह सबैभन्दा उच्च ३ सय २६ अंकले बढ्यो ।
यस्तै वाणिज्य बैंक समूहमा पनि करिब ५९ अंकको बृद्धि आयो भने विकास बैंक समूह पनि ५८ अंकले उक्लियो ।
यसदिन कारोबार परिमाणमा पनि बृद्धि आयो । १ सय ३५ कम्पनीको १५ लाख कित्ता शेयर १ अर्ब ३६ करोड रुपैयाँ बराबरमा खरिद विक्री भएको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्