
काठमाडौं, मंसिर १६ । म्यानचेस्टर युनाइटेड इएफएल कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
बुधबार राती भएको खेलमा वेष्ट ह्यामलाई ४–१ ले हराएर म्यानचेस्टर युनाइटेडले अन्तिम चारमा स्थान बनाएको हो ।
घरेलु मैदानमा भएको खेलमा म्यानचेस्टर युनाइटेडलाई जिताउन जाल्टन इब्राहिमोविच र एन्थोनी मार्सलले दुई–दुई गोल गरे ।
वेष्ट ह्यामका लागि एसले फ्लेचरले एक गोल फर्काए । इब्राहिमोविचले दोस्रो मिनेटमा नै गोल गर्दै युनाइटेडलाई सुरुवाति अग्रता दिलाए ।
तर ३५ औं मिनेटमा वेष्ट ह्यामका फ्लेचरले गोल गरेपछि पहिलो हाफमा १–१ को बराबरी भयो ।
४८ र ६२ औं मिनेटमा मार्सलले गोल गर्दै युनाइटेडलाई ३–१ को अग्रता दिलाए ।
इन्जुरी समयमा इब्राहिमोविचले गोल गरेपछि म्यानचेस्टर युनाइटेड ४–१ ले विजयी भयो ।
म्याचेस्टर युनाइटेडले सेमिफाइनलमा हल सिटीसँग खेल्ने सम्भावना छ ।
प्रतिक्रिया दिनुहोस्