रौतहट, मंसिर १६ । रौतहटका किसानलाई धान भित्र्याउने चटारो भइरहँदा सुकुम्बासी डोमजाती भने बाँसको भकारी बनाउन व्यस्त छन् ।
डोम जातीको परम्परागत पेशा बाँसका विभिन्न सामाग्री बनाउनु पनि हो । रौतहटलगायत तराई क्षेत्रमा यतिबेला धान भित्र्याउन किसानको चटारो भएसँगै धान राख्ने भकारीको माग पनि धेरै नै हुने गरेको छ ।
दलित बस्तिका अधिकांसको पेशा मजदुरी भए पनि कात्तिकदेखि गाउँघरमै बासका सामाग्री बनाउन डोम जाती व्यस्त हुन्छन् ।
सुकुम्बासीका रुपमा रहेका दलित बस्तिका बासिन्दा ६/७ महिना मात्र मजदुरी गर्न अन्यन्त्र जाने गरेका छन् ।
तराईमा मनाईने विभिन्न चाडपर्ब र धार्मिक कार्यहरुमा डोमद्वारा बनाइएका बाँसका सामग्रीको प्रयोग हुने प्रचलनले गर्दा पनि सीप भएकाहरुको आम्दानी राम्रै हुने गरेको छ ।





प्रतिक्रिया दिनुहोस्