Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


नेदरल्याण्ड्समाथि जर्मनीको रोमाञ्चक जित


0
Shares

काठमाडौं । युरोकप फुटबल छनोटको खेलमा जर्मनीले नेदरल्याण्ड्समाथि रोमाञ्चक जित निकालेको छ ।

गएराति नेदरल्याण्ड्सको एम्सटरडममा भएको खेलमा पाहुना टोली जर्मनी ३–२ ले विजयी भयो ।

जर्मनीले पहिलो हाफमा लगातार दुई गोल गर्दै सहज अग्रता लिएको थियो ।

तर नेदरल्याण्ड्सले दोस्रो हाफमा दुई गोल गरेपछि खेल निकै रोमाञ्चक बनेको थियो ।

अन्तिम मिनेटमा निको सुजलले निर्णायक गोल गर्दै पाहुना टोली जर्मनीलाई विजयी गराए ।

युरोकप फुटबल छनोट अन्तर्गत समूह सी कै अर्को खेलमा नर्दन आयरल्याण्डले बेलारुसलाई २–१ ले पराजित गर्‍यो ।

उता समूह ई को खेलमा वेल्सले स्लोभाकियालाई १–० ले हराउँदा हंगेरीले क्रोएसियामाथि २–१ को जित निकाल्यो ।

युरोकप फुटबल छनौटकै अन्य खेलहरुमा ईजरायलले अष्ट्रियालाई ४–२ ले हराउँदा पोल्याण्डले लात्भियालाई २–० ले, बेल्जियमले साईप्रसलाई २–० ले, स्कटल्याण्डले सान मारिनोलाई २–० ले तथा रुसले काजखस्तानलाई ४–० ले पराजित गरे ।