७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


सवारी दुर्घटनामा प्युठान र तेर्‍हथुममा दुईजनाको मृत्यु


0
Shares

प्युठान/तेर्‍हथुम, मंसिर १६ । प्युठानमा पिकअप भ्यान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

फोप्ली–२ लुप्लुङबाट बाग्दुला जाँदै गरेको लु १ च ७२४९ नम्बरको भ्यान लुप्लुङमै दुर्घटना हुंँदा स्थानीय २९ बर्षिय प्रमोद सुनारको मृत्यु भएको हो ।

दुर्घटनामा चालक केशव केएम घाइते भएका छन् । उनको प्युठान अस्पतालमा उपचार भइरहेको छ । भ्यान सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

यसैबीच तेह्रथुमको लालीगुराँस नगरपालिका–१ घुर्बिसेमा बुधबार राति ट्याक्टर दुर्घटना हुँदा एक महिलाको मुत्यु भएको छ ।

संखुवासभाको पाँचपोखरीबाट तेह्रथुमको बसन्तपुरतर्फ आईरहेको मे. १ त १८८० नम्बर ट्याक्टर दुर्घटनामा रुपमिना नेम्वाङ लिम्बुकोे मृत्यु भएको हो ।

दुर्घटनामा दुई जना घाइते भएका छन् । ब्रेक फेल भएर ट्याक्टर दुर्घटना भएको प्रहरीले जनाएको छ ।