
काठमाडौं, मंसिर १६ । प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले आगामी चैतभित्र स्थानीय तहको निर्वाचन हुने सम्भावना कमजोर बनेको बताएका छन् ।
विहीबार राजधानीमा आयोजित साक्षात्कारमा उनले अहिलेसम्म ऐन नबनेको र स्थानीय तहको संख्यासमेत यकिन नभएको अवस्थामा चैतमा निर्वाचन गर्न निकै कठिन हुने बताए ।
निर्वाचन आयोगले आन्तरिक तयारी गरिरहे पनि आवश्यक कानुनहरु प्राप्त नभएसम्म निर्वाचनको तयारीले गति लिन नसक्ने उनको भनाइ थियो ।
प्रतिक्रिया दिनुहोस्