Logo १६ चैत्र २०८२, सोमबार | Mon Mar 30 2026


कोलकाता नाइट राइडर्ससँग सनराइजर्स हैदरावाद पराजित


0
Shares

कोलकाता, चैत १० । इन्डियन प्रिमियर लिग (आइपिएल) ट्वेन्टी ट्वेन्टी क्रिकेटको १२ औं संस्करण अन्तर्गत आइतबार भएको पहिलो खेलमा कोलकाता नाइट राइडर्सले सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गरेको छ ।

कोलकातामा भएको खेलमा पहिले ब्याटिङ गर्दै हैदरावादले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै १८१ रन बनाएको थियो । जवाफी ब्याटिङका क्रममा कोलकाताले १९ ओभर ४ बलमा नै ४ विकेटको क्षतिमा १८३ बनाउँदै जित हासिल गरेको हो ।

कोलकाताका लागि नितिश रानाले सर्वाधिक ६८ रन बनाए । त्यस्तै रोविन उथप्पाले ३५, आन्द्रे रसेलले ४९ र शुबमन गिलले १८ रन बनाए ।

हैदरावादका लागि डेविड वार्नरले आक्रामक खेल प्रदर्शन गर्दै ५३ बलमा ८५ रन बनाएका थिए ।