काठमाडौं, मंसिर १६ । विहीबार पनि सुनको मूल्यमा गिरावट आयो ।
अन्तर्राष्ट्रिय बजार पच्छ्याउँदै यसदिन स्थानीय बजारमा छापावाल सुनको मूल्य तोलामा ६ सय रुपैयाँले ओरालो लागेर तोलाको ५४ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विहीबार चाँदीको भाउ पनि तोलामा १० रुपैयाँले झरेर तोलाको ७ सय ८० रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।
अन्तर्राष्ट्रिय बजारमा विहीबार साँझसम्म सुन प्रतिऔंस ११ सय ६८ डलर हाराहारीमा कारोबार भएको थियो ।









प्रतिक्रिया दिनुहोस्