Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


सुन्तला उत्पादन गत वर्षको तुलनामा २० प्रतिशत बढ्यो


0
Shares

धनकुटा, मंसिर १७ । धनकुटामा यस बर्ष सुन्तला उत्पादन २० प्रतिशतले बढेको छ ।

फूल फूल्ने, चिचिला लाग्ने र दाना बढ्ने समयमा पर्याप्त वर्षा भएकाले पकेट क्षेत्र घोषित स्थानमा गत बर्षभन्दा राम्रो उत्पादन भएको कृषि विकास कार्यालय धनकुटाले जनाएको छ ।

गत बर्ष धनकुटामा ५ हजार ७ सय मेट्रिक टन सुन्तला उत्पादन भएको थियो । धरान, इटहरी र बिराटनगरका बजारमा बिक्री भएको ४ हजार ६ सय मेट्रिक टन सुन्तलाबाट गत बर्ष धनकुटामा १८ करोड ३३ लाख रुपैयाँ भित्रिएको थियो ।

उत्पादन बढे पनि स्थानीय बजारमा मूल्य भने घटेको छैन । धनकुटामा अहिले सुन्तलाको खुद्रा मूल्य प्रतिकिलो ५५ देखि ७० रुपैयाँसम्म पर्ने गरेको छ ।

धनकुटा नगरपालिका, खोकु, छिन्ताङ्ग, आँखिसल्ला, मौनाबुधुक र बुढिमोरङ्ग गाविसलाई सुन्तला पकेट क्षेत्र घोषित गरिएको छ ।