७ भाद्र २०८२, शनिबार | Sat Aug 23 2025


पर्यावरण र संस्कृति जगेर्ना गर्न सामूहिक साइकल यात्राको तयारी


0
Shares

काठमाडौं, मंसिर १७ । पर्यावरण र संस्कृति जगर्ने गर्ने उद्देश्यले राजधानीमा शनिबार साइकल यात्रा आयोजना गरिने भएको छ ।

४० किलोमिटर दुरी रहने यात्रा कांग्रेस सांसद भिमसेनदास प्रधानले उदघाटन गर्ने कार्यक्रम छ ।

‘हेरिटेज इको साइकल राइड’ नाम दिइएको उक्त यात्रामा २ सय जना सहभागी रहने जनाइएको छ ।

बिहान ७ बजे राजधानीको कमलादीबाट सुरु हुने यात्रा कलंकी, थानकोट, चन्द्रागिरी हुँदै कीर्तिपुरको चोभारमा पुगेर समापन हुने छ ।

श्री कमलादी गणेश जमः मि गुठीले ज्यापु दिवसको अवसरमा साइकल यात्रा आयोजना गर्न लागेको हो ।