२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


दुर्घटनामा ब्राजिलियन फुटबल टिमको मृत्युपछि लामिया एअरलाइन्सको लाइसेन्स खारेज


0
Shares

बोलिभिया, मंसिर १७ । बोलिभियाको हवाई उड्डयन मन्त्रालयले लामिया एअरलाइन्सको लाइसेन्स खारेज गरेको छ ।

गत बर्षदेखि हवाई सेवा शुरु गरेको सो एअरलाइन्ससँग तीनवटा हवाई जहाज छन् । ब्राजिलको फुटबल क्लब चापेकोएन्सेका खेलाडी चढेको विमान इन्धन अभावका कारण दुर्घटना भएको सार्वजनिक भएलगत्तै सो विमानको लाइसेन्स खारेज गरिएको हो ।

यसअघि विमान दुर्घटनामा पर्नुभन्दा अगाडी विमानका पाइलटले बारम्बार इलेक्ट्रिक फेलियर र इन्धन सकिएकाले विमान अवतरणका लागि स्वीकृति मागेका अडियोको आधारमा विमानमा इन्धन सकिएकाले दुर्घटना भएको तथ्य सार्वजनिक भएको थियो ।

६८ यात्रु र चालक दलका ९ सदस्य गरी ७७ जना रहेको जहाज कोलम्बियाको मेडेल्लिन शहर नजिक गत मंगलबार दुर्घटना भएको थियो ।

विमानमा ब्राजिलको फुटबल क्लब चापेकोएन्सेका खेलाडी, २१ जना पत्रकारसहितका यात्रु रहेका थिए । दुर्घटनामा ६ जना भने बाँच्न सफल भएका छन् । (एजेन्सी)