Logo ८ पुस २०८२, मंगलबार | Wed Dec 24 2025


नेपाल अपाङ्ग संघलाई सनराईज बैंक लिमिटेडको सहयोग


0
Shares

काठमाडौं, मंसिर १७ । सनराईज बैंक लिमिटेडले नेपाल अपाङ्ग संघलाई ह्विलचियर बितरण गरेको छ ।

संघको कार्यालय जोरपाटीमा एक कार्यक्रमबीच सनराईज बैंकले ह्विलचियर, कम्बलसहित खाद्यान्न वितरण गरेको हो ।

२४ औं अन्तर्राष्ट्रिय अपाङ्ग दिवसको अवसर पारेर उनीहरुको दैनिकीमा सहयोग पुगोस् भन्ने उद्देश्यले सहयोग गरिएको बैंकका अध्यक्ष मोतिलाल दुगडले जानकारी दिए ।

बैंकका कार्यकारी अधिकृत रत्नराज बज्रचार्यले बैंकले असहाय र बालबालिकाको क्षेत्रमा सहयोग गर्दे आएको बताए ।

नेपाल अपाङ्ग संघका महासचिव यज्ञ उप्रेतिले अपाङ्गमैत्री भौतिक संरचना नहुँदा अपाङ्गहरुको दैनिकी कष्टकर भएको बताए ।

जाडो बढेपछि उनीहरुको दैनिकीमा झन् समस्या बढेको भन्दै उनले सानो सहयोगले दैनिकीमा सुधार हुने बताए ।