प्रकाश लम्साल (इमेज)
बारा, मंसिर १७ । काठमाडौं–तराई जोड्ने ‘फास्ट ट्रयाक’ र दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल निर्माणलाई गति दिन माग गर्दै बाराका स्थानीयबासीले शुक्रबारदेखि द्रुतमार्ग हुँदै काठमाडौंको पैदलयात्रा सुरु गरेका छन् ।
घोषणा गरेपनि निर्माणमा चासो नदेखाएको भन्दै दबाब दिने उदेश्यले फास्ट ट्रयाक एअरपोर्ट संघर्ष समिति गठन गरेर उनीहरुले पैदलयात्रा सुरु गरेका हु्न् ।
निजगढबाट सुरु भएको पैदलयात्रा तीन दिनमा काठमाडौं पुगेर प्रधानमन्त्री र राजनीतिक पार्टीका विभिन्न नेतालाई भेट गरी ध्यानाकर्षण गराइने समिति संयोजक रविराज दंगालले बताए ।
छतिवन, ठिंगन र बुङमति हुँदै काठमाडौं पुग्ने पैदलयात्रामा पाँच महिलासहित ६० जना सहभागी छन् ।
सरकार र राजनीतिक दललाई दबाब दिने उदेश्यले सुरु गरिएको पैदलयात्राका सहभागीलाई अबिर–मालासहित स्थानीयले बिदाइ गरेका थिए ।





प्रतिक्रिया दिनुहोस्